गृहपृष्ठ सम्पर्क समाचार सँग्रह आज : September 4, 2010 | संविधान सभाको म्याद सकिन

गरिमा डान्स सेन्टर धरानको आयोजनामा भइरहेको अन्तरविद्यालयस्तरीय दोस्रो धरान नटराज एकल नृत्य प्रतियोगिताको दोस्रो चरणको प्रतियोगितामा सहभागी विद्याथीहरु
फोटोग्राफर : सन्जु राई

बाढीले कोशी ब्यारेज उच्च जोखिममा

-राजन निरौला
-धनबहादुर पुरी
कोशी ब्यारेज .केही दिनदेखि लगातार परेको वर्षाका कारण कोशी नदीमा आएको बाढीले ब्यारेज उच्च जोखिममा परेको छ । सोमबारदेखि नै ब्यारेजका तीन स्थानमा रातो झण्डा गाडेर रातो बत्ती बालिएको छ ।

आज गाईजात्रा पर्व

धरान / दिवङ्गत आफन्तहरुको सम्झना तथा उनीहरुको आत्मशान्तिका लागि बुधबार गाईजात्रा पर्व मनाइँदै छ ।
गाई वा मानिसलाई गाईका रुपमा सिँगारेर नगर परिक्रमा गराउने प्रचलनअनुरुप यो पर्व मनाउने गरिन्छ । हिन्दू धर्मअनुसार यस पर्वबारे पद्मपुराणमा उल्लेख गरेको पाईन्छ । यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात् पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृत आत्माहरुले यमलोकमा प्रवेश पाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख भएको छ ।

महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

धरान / यहाँस्थित कोशी अाचल प्रहरी कार्यालयका प्रमुख एसएसपी मिङ्मार लामाको निर्देशनमा पत्रकार लीलानाथ घिमिरेमाथि साङ्घातिक आक्रमण भएको भन्दै सुनसरी पत्रकार महासंघले दोस्रो चरणको संघर्षका कार्यक्रम मङ्गलबार सार्वजनिक गरेको छ । महासंघको आह्वानमा मङ्गलबार भएको सुनसरीका साचारकर्मीहरुको विस्तारित बैठकले संघर्षका कार्यक्रम तय गरेको हो । दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दै महासंघले विभिन्न दवाबमुलक कार्यक्रम गर्ने भएको छ ।

प्लेन दुर्घटनामा चालक दलसहित १४ को मृत्यु

ललितपुर / अग्नि एअरको विमान मकवानपुरको शिखरपुर-२ वस्तीपुरस्थित हारे स्कूलको चौरनजिक मङ्गलबार बिहान दुर्घटनाग्रस्त हुँदा चालक दलसहित १४ जना यात्रुको मृत्यु भएको छ । चालक दलसहित १४ जना यात्रु बोकेको अग्नि एअरको ९ एन एएचई डी २२८ डोनियर विमान दुर्घटना हुँदा सबै यात्रुको मृत्यु भएको हो । विमान टुक्रा-टुक्रा भएर छरिएको छ ।

अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेशधरानब्लाष्ट धरान-११ की साङ्केन राईलाई अपहरण गरेको आरोपमा पक्राउ परेका अभियुक्तहरुलाई सुनसरी जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।