पुर्व अन्तर्गतका सामाग्रीहरु :-
-
अन्तरजातीय विवाह गरेकै कारण विस्थापित
बिहीबार, 2 जेठ, 2070
इटहरी(ब्लाष्ट) अन्तरजातीय विवाह गरेकै कारण आफूहरु बस्तीबाट विस्थापित हुनु परेको जनाउादै नवविवाहित दम्पत्तिले सुरक्षाको माग गरेका छन् । तीन वर्षदेखिको प्रेम सम्बन्धलाई केही समयअघि विवाहमा परिणत गरेका झापाको कोहवराका हुकुम नेपाली र अनिशा अधिकारीले सुरक्षाको माग गरेका हुन् ।
-
पर्यटकीय क्षेत्रमा फोहोर व्यवस्थापनको अभाव
बिहीबार, 2 जेठ, 2070
-भक्तशेर लिम्बु
बेलबारी(ब्लाष्ट) मोरङको बेलबारी बजारबाट निस्किने फोहोरमैलाको उचित व्यवस्थापन गर्ने स्थल नहुादा पर्यटकीय क्षेत्र बन्दै गएको बेलबारीको सडक क्षेत्र प्रदूषित बन्दै गएको छ ।
-
‘डाक्टरको लापर्वाहीले मृत्यु’
वुधबार, 1 जेठ, 2070
धरान(ब्लाष्ट) पिसाब नलीमा भएको पत्थरियाको शल्यक्रिया गराएकी एक महिलाको यहाास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मङ्गलबार मृत्यु भएको छ ।
-
सामाजिक जवाफदेहिताबारे गोष्ठी
वुधबार, 1 जेठ, 2070
धरान(ब्लाष्ट) द एसिया फाउण्डेसनको सहयोग तथा सामुदायिक सारथीको आयोजनमा ‘नगर सुशासनका लागि सामाजिक जवाफदेहिता संयन्त्र’ सम्बन्धी दुईदिने गोष्ठी सोमबार धरानमा सम्पन्न भएको छ ।
जनप्रतिनिधि नभएको अवस्थामा जनताका हरेक विकास–निर्माणका योजना तर्जुमा, छनौटलगायतमा भूमिका निर्वाह गर्ने वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्र धरान–१७ का सदस्यहरुलाई दुई दिने प्रशिक्षण दिएको सामुदायिक सारथीका फिल्ड कोअडिनेटर गिरिराज घिमिरेले जानकारी दिए ।
गोष्ठीमा मञ्च र केन्द्रको भूमिका, नगरपालिकाको कामकारवाहीलाई कसरी जवाफदेही र पारदर्शी बनाउने भन्ने विषयमा छलफल भएको सहभागीले बताएका छन् ।
-
नागरिकता निकाल्न घूस
मगलबार, 31 बैशाख, 2070
-बाबुराम सुवेदी
इटहरी/ नेपाली नागरिकता बनाइदिने भनेर घुस लिने एकजना लेखापढी व्यवसायी र घुस दिने इटहरी–६ बज्राहाका रामप्रसाद शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
-
सेवाग्राहीको उपस्थितिविना जिविसद्वारा सार्वजनिक सुनुवाई
सोमबार, 30 बैशाख, 2070
-सन्तवीर लामा
धनकुटा/धनकुटा जिल्ला विकास समितिले चालू आर्थिक वर्ष ०६९/०७० मा गरिएका विकास निर्माण र विविध गतिविधि सार्वजनिक गर्न तथा सेवाग्राहीका गुनासा र सुझाव सुन्न आइतबार सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ ।
-
उपचारमा लापर्वाही गरेको भन्दै अग्रवालको कार्यकक्षमा ताला
सोमबार, 30 बैशाख, 2070
धरान(ब्लाष्ट) धरान–११ की ३० वर्षीया मनमाया तामाङको पत्थरियाको अप्रेशन गर्दा चिकित्सकले लापर्वाही गरेको भन्दै बिरामीका आफन्तले बीपी प्रतिष्ठानको सर्जरी विभागका प्रमुख डा. सीएस अग्रवालको कार्यकक्षामा ताला लगाएका छन् ।
-
सप्तकोशीमा तीन बेपत्ता
शुक्रबार, 27 बैशाख, 2070
धरान(ब्लाष्ट) मातातीर्थ औंशीमा सुनसरीको बराहक्षेत्र मन्दिरमा श्राद्ध गर्न गएका झापाका एकै परिवारका तीनजना सप्तकोशी नदीमा डुबेर बेपत्ता भएका छन् । शान्तिनगरका ४० वर्षीय रमेश बाास्कोटा, ३५ वर्षीय गोपाल बाास्कोटा र कााकडभिट्टाका ५५ वर्षीय ज्ञाननाथ बाास्कोटा बेपत्ता भएको सुनसरी जिल्ला प्रहरीले जनाएको छ ।
-
६ थान हतियार बुझाइयो
बिहीबार, 26 बैशाख, 2070
धरान(ब्लाष्ट) धनकुटा र झापामा गरी ६ थान हतियार प्रहरीलाई बुझाइएको छ ।
धनकुटाको मुढेबास गाविसका वासिन्दाले प्रहरीलाई पााच थान भरुवा बन्दुक बुझाएका छन् ।
|
भर्खरै प्रकाशित समाचारहरु
विचार
मनोरञ्जन
बालबालिका
साहित्य
स्वास्थ्य
विदेश
खेलकुद
ब्लाष्ट चौतारी
हाम्रो गाउँ
अन्तरवार्ता
|
संग्रह
पुराना अंकहरुलाई छापामा प्रकाशित (मुद्रीत) आकारमै हेर्नको लागी PDF फर्म्याटमा डाउनलोड गर्नुहोस ।
|