ब्लाष्ट टाइम्स । www.blast.com.np 

    खेलकुद अन्तर्गतका सामाग्रीहरु :-

    • भोजपुर गोल्डकपको उपाधि काठमाडौंलाई
      बिहीबार, 19 बैशाख, 2070

      भोजपुर(ब्लाष्ट) डिफेन्डिङ च्याम्पियन रुपन्देहीको गोर्खा ब्वाइजलाई हराउँदै काठमाडौं ११ ले अन्तर्राष्ट्रिय भोजपुर गोल्डकपको उपाधि हात पारेको छ । बुधबार हजारौं दर्शकमाझ स्थानीय टुँडिखेलमा भएको खेलमा काठमाडौंका विनोद लामाले हेडमार्पmत् आकर्षक गोल गरी टिमलाई विजयी बनाएका थिए ।

    • उपाधी हङकङलाई
      आईतबार, 1 बैशाख, 2070

      धरान(ब्लाष्ट) नेपाल आर्मीलाई पाखा लगाउादै हङकङ नेपाली महासंघले १५ औं बूढासुब्बा रेडबुल गोल्डकपको उपाधी चुमेको छ । शनिबार धरानस्थित एन्फा टेक्निकल सेन्टरमा सम्पन्न फाइनल खेलमा हङकङले नेपाल आर्मीलाई २–१ को अन्तरमा पराजित गरी उपाधी हात पारेको हो ।

    • हङकङबाट थ्री स्टार स्तब्ध
      शुक्रबार, 30 चैत्र, 2069

      धरान(ब्लाष्ट) अतिरिक्त समयमा डोडोज लियोन्सको निर्णायक गोलले नेपालको उत्कृष्ट टिम थ्री स्टारलाई पाखा लगाउादै हङकङ नेपाल महासंघले फाइनलमा प्रवेश गरेको छ ।

    • आयोजक बाहिरियो
      बिहीबार, 29 चैत्र, 2069

      धरान(ब्लाष्ट) धरानमा जारी १५ औं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपअन्तर्गत बुधबार भएको खेलमा नेपाल आर्मीले आयोजक धरान–११ लाई ३–२ गोलको अन्तरले हराउादै फाइनलमा प्रवेश गरेको छ ।

    • थ्री स्टार विजयी
      सोमबार, 26 चैत्र, 2069

      धरान(ब्लाष्ट) साबिक विजेता थ्री स्टार क्लब धरानमा जारी बुढासुब्बा गोल्डकपको १५ औं संस्करणमा अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको छ । आइतबार भएको खेलमा पोखराको सहारा क्लबलाई सडेन डेथमा पराजित गर्दै थ्री स्टारले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

    • आयोजक धरान विजयी
      आईतबार, 25 चैत्र, 2069

      धरान(ब्लाष्ट) १५ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा शनिबार आयोजक धरान फुटबल क्लबले भुटानको सीएफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी शुरुआत गरेको छ ।

    • भोजपुर गोल्डकप बैशाखमा
      शनीबार, 17 चैत्र, 2069

      भोजपुर(ब्लाष्ट) ‘फुटबल हाम्रो संस्कार’ भन्ने नाराका साथ आगामी बैशाख महिनामा भोजपुर गोल्डकपको दोस्रो संस्करण हुने भएको छ । बैशाख ११ बाट आमन्त्रित अन्र्तराष्ट्रिय भोजपुर गोल्डकप २०६९’ हुने भएको हो ।

    • बुढासुब्ब गोल्डकपको तयारी हँदै
      आईतबार, 11 चैत्र, 2069

      धरान / धरान फुटबल क्लबद्धारा आयोजना हुने अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिता चैत २४ देखि ३१ गतेसम्म धरान १७ स्थित एन्फा टेक्नीकल सेन्टरमा भव्यरुपमा सम्पन्न गर्न व्यवस्थापकीय तयारी र प्रचारप्रसार तीव्र पारिएको शुक्रबार आयोजक क्लबले पत्रकार सम्मेलन गरी जनाएको छ ।

      आयोजक क्लबका अध्यक्ष समेत रहेका एन्फा उपाध्यक्ष किशोर राईले प्रतियोगिताका लागि खेल मैदानलाई थप मर्मतसम्भार र दर्शक बस्ने बाांसका प्यारापिट धमाधम निर्माण भइरहेको बताए ।

    • नेपाल पुलिस क्लब च्याम्पियन
      शुक्रबार, 4 फागुन, 2069

      धरान(ब्लाष्ट) धरान–१२ स्थित पब्लिक उच्चमाविको कोर्टमा बिहीबार सम्पन्न प्रथम इजी राइडर्स अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगिताको उपाधी पुलिस क्लबको पोल्टामा परेको छ ।

      उसले न्यू डाइमन्ड एकेडेमीलाई ३–१ को सेटमा हराउादै उपाधीमाथि कब्जा जमाएको हो ।

भर्खरै प्रकाशित समाचारहरु

विचार

मनोरञ्जन

बालबालिका

साहित्य

स्वास्थ्य

विदेश

खेलकुद

ब्लाष्ट चौतारी

हाम्रो गाउँ

अन्तरवार्ता

संग्रह

पुराना अंकहरुलाई छापामा प्रकाशित (मुद्रीत) आकारमै हेर्नको लागी PDF फर्म्याटमा डाउनलोड गर्नुहोस ।