देश अन्तर्गतका सामाग्रीहरु :-
-
‘भण्डारीको विचार अनुसरण गरे निकास’
शनीबार, 4 जेठ, 2070
विराटनगर(ब्लाष्ट) जननेता मदन भण्डारीका विचारलाई राम्ररी अनुसरण गरे देशले अहिलेको स्थितिबाट निकास पाउने एमाले नेताहरुले बताएका छन् । मोरङ एमालेले शुक्रबार मदन भण्डारी र जीवराज आश्रितको २० औं स्मृति दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले मदन भण्डारीको सिद्धान्त सही रुपमा लागू भए लोकतन्त्र बलियो हुने धारणा राखेका थिए ।
-
अख्तियारले स्थानीय निकायमा हस्तक्षेप गर्ने
शनीबार, 4 जेठ, 2070
ललितपुर(ब्लाष्ट) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय निकायमा हुने भ्रष्टाचारबारे चासो देखाएको छ ।
स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा करोडौंको भ्रष्टाचार भएको गुनासो आइरहेका बेला प्रमुख आयुक्त लोकमानसिंह कार्की र आयुक्त केशव बरालसहितको टोलीले स्थानीय निकायमा भ्रष्टाचारका अखडाहरुबारे विवरण माग गरेको छ ।
-
नेकपा–माओवादीद्वारा विद्यालय कब्जा
शनीबार, 4 जेठ, 2070
सङ्खुवासभा(ब्लाष्ट) नेकपा–माओवादीले खाादबारी नगरपालिका–१ स्थित सूर्य बोर्डिङ स्कुलको सम्पूर्ण संरचना र जग्गा शुक्रबार कब्जा गरेको घोषणा गरेको छ । बोर्डिङ सञ्चालक नारायण श्रेष्ठले नेपाली नागरिकता परित्याग गरी अमेरिकामा बसोबास गरिरहेको र बोर्डिङको मुनाफा अमेरिका लगेको उल्लेख गर्दै माओवादीले विज्ञप्ति जारी गरी कब्जाको घोषणा गरेको हो ।
-
भूपू सैनिक कल्याणकारी संगठनको सम्मेलन सम्पन्न
शनीबार, 4 जेठ, 2070
धरान(ब्लाष्ट) नेपालस्थित भारतीय भूपू सैनिक कल्याणकारी संगठनको साताव्यापी २३ औं सम्मेलन शुक्रबार सम्पन्न भएको छ । भारत सरकारका नेपालस्थित एक लाख २५ हजारभन्दा बढी पेन्सनवालाहरुको सुविधाको लागि आर्थिक वर्ष २०७०/०७१ मा सञ्चालित कल्याणकारी योजना तथा परियोजनाहरुका आवरणलाई अन्तिम रुप दिएको छ ।
-
बहुप्रतीक्षित पिंगुवा सिंचाई आयोजना पूर्व–सम्भाव्यता अध्ययन हुने
बिहीबार, 2 जेठ, 2070
तेह्रथुम(ब्लाष्ट) तेह्रथुमको बहुप्रतीक्षित पिंगुवा सिंचाई आयोजनाको पूर्व–सम्भाव्यता अध्ययन हुने भएको छ । आयोजनास्थल जिरिखिम्ती गाविसका वासिन्दा र दलका स्थानीय प्रतिनिधिहरुले सहमति जनाएपछि आयोजनाको पूर्व–सम्भाव्यता अध्ययन हुने भएको हो ।
आयोजना सञ्चालनबारे स्थानीय प्रशासनको पहलमा सर्वपक्षीय वार्ता टोली र जिरिखिम्तीबासी तथा दलका स्थानीय प्रतिनिधिबीच पूर्व–सम्भाव्यता अध्ययन गर्ने र स्थानीयको मागलाई पनि सम्बोधन गर्दै जाने सहमति भएको छ ।
-
प्रचण्ड–बाबुरामले सिक्किमीकरण गरेको आरोप
बिहीबार, 2 जेठ, 2070
धुलबारी(ब्लाष्ट) नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईलाई गद्दारको संज्ञा दिादै माओको नाम बेचेर उनीहरुले नेपाललाई सिक्किमीकरण गर्न लागेको आरोप लगाएका छन् ।
-
पेट्रोलियम मजदुरद्वारा आन्दोलन घोषणा
बिहीबार, 2 जेठ, 2070
विराटनगर(ब्लाष्ट) पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै पेट्रोलियम मजदुरहरुले आन्दोलन चर्काउने घोषणा गरेका छन् । आन्दोलनको घोषणासागै केही दिनमै पूर्वाञ्चलमा पेट्रोलियम पदार्थको अभाव हुने देखिएको छ ।
-
जनजाति महासंघमा कुमाल
वुधबार, 1 जेठ, 2070
चितवन(ब्लाष्ट) चितवनको सौराहामा सम्पन्न नेपाल आदिवासी जनजाति महासंघको आठौं महाधिवेशनबाट अध्यक्षमा नगेन्द्र कुमाल निर्वाचित भएका छन् । उनले ३२ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी चन्द्रविक्रम राईले १७ मत ल्याएका छन् ।
-
भारतविरोधी राष्ट्रवादमा विश्वास छैन: महतो
वुधबार, 1 जेठ, 2070
ललितपुर(ब्लाष्ट) सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतीय सीमा क्षेत्रमा मार्चपास गर्दैमा राष्ट्रवादी नहुने जिकिर गरेका छन् ।
मंगलबार राजधानीमा आयोजित अन्तक्र्रियामा उनले भारतविरोधी राष्ट्रवादमा आफूहरुको विश्वास नरहेको बताए ।
|
भर्खरै प्रकाशित समाचारहरु
विचार
मनोरञ्जन
बालबालिका
साहित्य
स्वास्थ्य
विदेश
खेलकुद
ब्लाष्ट चौतारी
हाम्रो गाउँ
अन्तरवार्ता
|
संग्रह
पुराना अंकहरुलाई छापामा प्रकाशित (मुद्रीत) आकारमै हेर्नको लागी PDF फर्म्याटमा डाउनलोड गर्नुहोस ।
|