शिक्षा कार्यालयमा धर्ना
इलाम/ एकीकृत नेकपा माओवादी निकट अखिल नेपाल शिक्षक सङ्गठनले तीन सूत्रीय मागराख्दै सोमबार पूर्वका पाँच जिल्लाका जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएको छ ।
विगतमा सरकारसँग भएको सहमति कार्यान्वयन हुनुपर्ने कार्यदलले पेश गरेका सुझाव कार्यान्वयन हुनुपर्ने र विद्यालयमा अध्यापनरत शिक्षकहरुको तलब वृद्धि गर्नुपर्ने माग राख्दै कार्यालय अगाडि धर्ना दिएको हो ।

सङ्गठनले माओवादीको लिम्बुवान राज्य समितिअन्तर्गतका इलाम पाँचथर ताप्लेजुङ तेह्रथुम र धनकुटाका जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएकाले दिनभर ती कार्यालयहरुको कामकाज ठप्प भएको थियो ।
 

Design by Anish Bhattarai