धरानलाई आदिवासी-जनजातिको साँस्कृतिक शहर घोषणा गरिने
  • बाबुराम सुवेदी
धरान / आदिवासी-जनजाति महासङ्घ जिल्ला समन्वय समिति सुनसरी र धरान नगरपालिकाका प्रतिनिधिबीच बिहीबार भएको छलफलमा नगर परिषद्बाट ुधरानलाई आदिवासी-जनजातिको साँस्कृतिक शहरु घोषणा गर्ने सहमति भएपछि नगरपालिकामा लगाइएको ताला खोलिएको छ । नगर परिषद्बाट घोषणा गरी सम्बन्धित निकायमा प्रकि्रया अघि बढाइने सहमतिपछि नगरपालिकामा लगाइएको ताला खोल्न आदिवासी-जनजाति महासङ्घका प्रतिनिधिहरु सहमत भएका हुन् ।

राजनीतिक दलका प्रतिनिधिसहितको छलफलमा दुवै पक्षबीच नौबुँदे सहमति भएको छ ।

धरान-२ स्थित सार्वजनिक पुस्तकालयमा अपराह्न साढे ३ बजेदेखि भएको झण्डै चार घण्टा लामो छलफलमा महासङ्घका मागलाई सम्बोधन गर्ने सहमति भएको हो । नगरपालिकाले आर्थिक वर्ष २०६६÷०६७ को ुनीति तथा कार्यक्रमु मा आपुूहरुलाई उपेक्षा गरेको भन्दै महासङ्घलॆ बिहीबार बिहान धरान नगरपालिका ुकब्जाु गरेको थियो । महासङ्घले नगरपालिकाको मूल गेटमा लगाएको ताला सहमतिपछि बिहीबार साँझ पौने आठ बजे खोलेको छ ।
छलफलमा आईएलओ महासन्धि १६९ कार्यान्वयन गर्ने र नगरपालिका बोर्डमा आदिवासी-जनजातिको प्रतिनिधित्व गराउने सम्बन्धमा केन्द्रमा ुलबिङु गर्ने सहमति भएको छ । यस्तै बहुजातीय संग्रहालयको लागि धरान-१४ स्थित पुरानो सभागृह निर्माण स्थलको जग्गा उपलब्ध गराउने र दलित महिला तराई-मधेशी मुस्लिम पिछडिएका वर्ग सुकुम्बासीहरुका सम्बन्धमा छलफल गरी बजेट समायोजन गर्ने सहमति पनि भएको छ ।
यी सहमति कार्यान्वयनका लागि सहयोग गर्न महासङ्घका सुनसरी अध्यक्ष ङावालप्टु शेर्पा सचिव शुभचन्द्र राई कोषाध्यक्ष सुजेन्द्र तामाङ संगठन सचिव गोपाल देवान र महिला सदस्य संगीता सुब्बालाई पठाइने निर्णय पनि गरिएको छ ।
महासङ्घका पदाधिकारीले बिहान ९ बजे नै कार्यालयको मूल ढोकामा ६ बुँदे माग उल्लेखित ब्यानर टाँगेर कार्यालय ुकब्जाु गरेका थिए । महासङ्घका नेता-कार्यकर्ताले ताला जबर्जस्ती फुटाइए परिणाम राम्रो नहुने चेतावनी दिएका थिए । महासङ्घको ुकब्जाु का कारण बिहीबार नगरपालिकाको कुनै पनि काम हुन सकेन ।
साढे १८ करोड रुपैयाँको बजेटमा नगरपालिकाले आदिवासी-जनजातिका लागि साढे ३ लाख रुपैयाँ विनियोजन गरेपछि महासङ्घ आन्दोलित भएको हो । नीति तथा कार्यक्रम निर्माण हुनुअघि नै महासङ्घले १८ लाख रुपैयाँको कार्ययोजनासहित बजेट माग गरी आदिवासी-जनजाति विकास तथा उत्थान समितिबाट अनुमोदन गराएर नगरपालिकामा पेश गरेको महासङ्घका कोषाध्यक्ष सुजेन्द्र तामाङले जानकारी दिनुभयो । नगरपालिका ुकब्जाु गर्नुअघि महासङ्घका नेता-कार्यकर्ताले २०६६÷०६७ का लागि प्रस्तुत गरिएको ुनीति तथा कार्यक्रमु जलाएका थिए ।
नगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले वडाबासीहरुबाट सुझाव लिएरै नीति तथा कार्यक्रम बनाएको बताउनुभयो । ुतर यस सम्बन्धमा सुझाव नआएकाले पुनःविचार गर्नुपरेको हो ।ु उहाँले भन्नुभयो ।


 

Design by Anish Bhattarai