सरकार बनाउने विषयमा माओवादीभित्र मतभेद

काठमाडौं /  सोमबार सरकारमा जाने निर्णय गर्दै पोलिटब्युरो बैठक अन्त्य गरेको एकीकृत नेकपा माओवादीभित्र सरकार बनाउने बिषयमा तीव्र मतभेद देखिएको छ । काठमाडौंमा पार्टीको हार्डलाइनर मानिने मोहन बैद्य किरण समूहले सरकारमा जाने निर्णय खारेज गर्दै जनविद्रोहको वातावरण बनेको भन्दै त्यसतर्फ जान आग्रह गरिरहदा मतभेद देखिएको हो । सोमबार सकिएको दुई साता लामो माओवादी पोलिटब्युरो बैठकले तीन साताभित्र राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गरेको थियो । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता मोहन बैद्य किरणले नागरिक सर्वोच्चता स्थापित नहुँदासम्म माओवादी सरकारमा नजाने बताउनुभएको छ भने माओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठ प्रकाशले आफ्नो पार्टीको नेतृत्वमा तत्काल राष्ट्रिय सरकार बनाउने बताउनुभयो ।
काठमाडौंको जनसाचार अभियानमा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा नेता किरणले राष्ट्रपतिको कदमका विषयमा टुङ्गो नलागिकन माओबादी सरकारमा नजाने स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रपतिको कदम नसच्याए परिस्थिति बिग्रने चेतावनी दिनुभयो । ुराष्ट्रपतिको कदमबारे प्रधानमन्त्रीले छिटो सम्वोधन गर्नुपर्छ उहाँले चेतावनी दिदै भन्नुभयो ुनत्र परिस्थिति ठीक ढंगले अगाडि बढ्दैन ।ु
नेता किरणले पोलिटब्युरो बैठकले अध्यक्षको प्रतिवेदनलाई पारित नगरेको स्पष्ट पार्दै केन्द्रीय समितिमा पठाउने निर्णय गरेको उल्लेख गर्नुभयो । ुअध्यक्ष प्रचण्डको दस्तावेजलाई पोलिट्व्युरोको बैठकले पारित गरॆको छैन उहाँले भन्नुभयो ुपरिमार्जन सहित केन्द्रिय समितिबाट पारित गर्ने निर्णय गरेको हो ।ु नेता किरणले गठबन्धनको वर्तमान सरकारलाई प्रो-इन्डियन सरकार भएको टीप्पणी गर्दै बर्तमान सरकारलाई नेपाली जनताले आफ्नो सरकारको रुपमा ग्रहण गर्न नसकेको बताउनुभयो । किरणले केन्द्रीय समितिको बैठकपछि सरकारविरुद्ध ब्यावस्थित सडक संघर्ष गरेर सरकार ढाल्ने बताउनुभयो ।
रिपोर्टस्र क्लब नेपालको साक्षात्कारमा आयोजित साक्षात्कारमा माओवादीकै अर्का बरिष्ठ नेता तथा एकीकृत नेकपा माओवादीका संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठ प्रकाशले सरकार ढाल्नु नै माओवादीको एकमात्र लक्ष्य भएको बताउनुभयो । ुवर्तमान सरकार नागरिक सर्वोच्चतामाथि प्रहार गरेर सम्राज्यवादीको सहयोगमा बनेको हो प्रकाशले भन्नुभयो ुयो सरकारलाई ध्वस्त पारेर हाम्रो नेतृत्वमा नयाँ सरकार बनाउछौं ।ु देश र जनताको विपक्षमा सरकार बनेको भन्दै टिक्ने कुनै आधार नभएको प्रकाशको दावी छ । उहाँले माधवकुमार नेपाल नेतृत्वको सरकारको दिनगन्ती शुरु भएको भविष्यवाणी गर्नुभयो ।
यसैबीच राजनीतिक प्रतिवेदन पारित समेत गर्न किरणले नदिएपछि थप छलफलमा लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार चितवन पुग्नुभएको छ । स्रोतका अनुसार प्रचण्डले मंगलबार केही पोलिटब्युरो सदस्य र माओवादी जनमुक्ति सेनाका कमाण्डरहरुसँग भेट्नुभएको छ ।
 

Design by Anish Bhattarai