दुबईमा पानी जहाज डुब्दा १२ नेपाली बेपत्ता
काठमाडौं / केही नेपालीसहित ३५ जना बोकेर दुबईबाट कतार जाँदै गरेको पानीजहाज मङ्गलबार बिहान समुद्रमा डुब्दा १२ नेपाली हराइरहेका छन् । उनीहरुको अवस्था बुधबार राति अबेरसम्म अज्ञात थियो । ५ यात्रु लिएर मङ्गलबार बिहान साढे ६ बजे कतारबाट हिँडेको जहाज डुब्दा हराएका पाँचजनाको जीवितै उद्धार गरिएको छ भने सातजनाको शव फेला परेको छ । शवको पहिचान भने हुन नसकेको दुबईस्थित नेपाली नियोगका प्रमुख अर्जुनबहादुर थापाले जानकारी दिनुभयो । कतारको एचबीके पावर क्लिनिङबाट कामदार लिएर हिँडेको जहाज डुब्नुको कारण भने खुलाइएको छैन ।
नेपालका लागि दोहाका राजदूत डा। सूर्यनारायण मिश्रका अनुसार दुर्घटनामा परी गंगाबहादुर गुरु लीलाराम पौडेल मेहेदी हुसैन मियाँ अब्बास अहमद मानिसंह खत्री शेषनाथ यादव राजीवकुमार दत्त तिलकबहादुर खुम्चा शंकर विष्ट ऋषिप्रसाद शर्मा पौडेल जयबहादुर पुन मगर र घनश्याम सार्की हराइरहेका छन् ।
दुर्घटनामा १२ नेपालीसहित ११ भारतीय र एकजना बङ्गलादेशी कामदारसहित जहाजका ९ कर्मचारी थिए । उनीहरुको खोजी कार्य जारी रहेको स्थानीय गल्फ टाइम्स दैनिकको अनलाइन संस्करणमा उल्लेख छ ।
 

Design by Anish Bhattarai