अर्को संविधानसभा निर्वाचनको आवश्यकता

रुढ र विपक्षी दलहरु एकपछि अर्को विवादका श्रृङ्खला निकाल्दै संविधान निर्माणको निर्धारित समय गुजार्ने दाउमा रहेजस्ता देखिएका छन् । एकीकृत नेकपा माओवादीले राष्ट्रपतिको कदमलाई केन्द्र बनाएर नागरिक सर्वोच्चताको मुद्दा उठाइरहेको बेला सरकारले सशस्त्र प्रहरीका लागि भनेर भारतबाट हतियार िभœयाएपछि विवादको अर्को श्रृङ्खला सुरु भएको छ । सशस्त्र प्रहरीका नाममा सरकारले सेनाका लागि हतियार िभœयाएर दमनको पूर्व तयारीमा लागेको एमाओवादीको आरोप छ । सरकारले चािहं हतियार िभœयाएको घटनालाई मुद्दा नबनाउन आग्रह गरेको छ । तर हतियार आयातले नयाँ विवादको बीजारोपण गरिसकेको छ ।

विस्तृतमा..
 
निराशाजनक परिस्थिति
उच्चस्तरीय राजनीतिक संयन्त्रले राजनीतिक गतिरोध र विवाद अन्त्य गर्न सक्ने कुनै छेकछन्द छैन । दलहरुले आ-आपुनो अडान छाड्न नसकेपछि संयन्त्र आलुबारीमा चराचुरुङ्गी तसा्रउन ठड्याइएको बुख्याँचा बन्न पुगेको छ । यो बुख्याँचारुपी राजनीतिक संयन्त्रप्रति सत्तारुढ दलहरुले नै अविश्वास प्रकट गर्न थालेका छन् । सरकार परिवर्तन नभएसम्म राजनीतिक गतिरोधको अन्त्य नहुने एकीकृत माओवादीको अडान एकातिर छ भने अर्कोतिर साचारमन्त्री शंकर पोख्रेलले राजनीतिक संयन्त्रले माओवादी सेना समायोजन गरेर देखाओस् भन्ने धम्की दिएका छन् । वर्तमान सरकारप्रति नेपाली काङ्ग्रेसभित्र पनि असन्तुष्टिका स्वरहरु उरालिन थालेका छन् ।
संयन्त्रप्रति अहिले अर्को सन्देह पनि गर्न थालिएको छ ।
विस्तृतमा..
 
आत्मसमर्पणको चरम् नमूना
साचार उद्यमी जमीम शाहको हत्याकाण्डमा संलग्न अपराधीहरु अझै पक्राउ पर्न सकेका छैनन् । देशका प्रसिद्ध हस्तीका हत्याराहरु पक्राउ गर्न नसक्नुले सरकारको सुरक्षा नीति लाटाको धोतीमा परिणत भएको छ भने हत्याकाण्ड दिनदिनै रहस्यमय बन्दै गएको छ । भारतीय जेलमा बसेका माफिया गिरोह छोटा राजन समूहका बब्लु श्रीवास्तवको निर्देशनमा हत्या गरिएको कुरा प्रहरीले सार्वजनिक गरेको छ । नेपाली भूमि त्यसमाथि राजधानीमा माफिया गिरोहको खुलेआम चलखेलले देशको सुरक्षा स्थिति झन् जर्जर भएको अनुभूति नेपाली जनताले गर्न पुगेका छन् ।
विस्तृतमा..
 
आयोजनाको विरोध र आइएलओ महासन्धि १६९
एकीकृत माओवादी पार्टीले जलविद्युतसम्बन्धी कर्णाली सेती र अरुण आयोजनाविरुद्ध अभियान साचालन गरिरहेको बारे राष्ट्रिय राजनीति र आर्थिक क्षेत्रमा विभिन्न प्रतिकि्रयाहरु उत्पन्न भएका छन् । सत्तारुढ पार्टीका नेताहरुले माओवादीलाई विकास विरोधीको रुपमा चित्रण गर्न थालेका छन् । कर्णाली सेती र अरुण जलविद्युत आयोजनाको विरोध गर्नुलाई विकासको विरोध गर्नुको रुपमा परिभाषित गर्न खोजिरहेका छन् । उपरि दृष्टिले हेर्दा माओवादीको विरोध विकासको विरोधजस्तै देखिन्छ तर अन्तर दृष्टि प्रयोग गर्दा उनीहरुले उठाएका सवालहरु देश जनता र दीघो विकाससँग सम्बन्धित छ ।
विस्तृतमा..
 
समावेशी आयोगको खाँचो
दिन उजेली सुती गुमाई रात उजेली बिस्कुन सुकाईु भन्ने नेपाली उखान नेपाली राजनीतिमा लागू भइरहेको छ । बिस्कुन सुकाउन त दिनको सूर्यको उज्यालो नै चाहिन्छ । सूर्यको उज्यालोमा चाहिँ बेला बिताउने र रातमा जूनको उज्यालोमा बिस्कुन सुकाउन त_िम्सने नेपाली नेताहरुको गलत प्रवृत्तिले उनीहरुमा महत्व बुभुने क्षमता नभएको देखिन्छ । कतिपय नेताहरु बुझेर पनि बुझ पचाइरहेका छन् । संविधान निर्धारित समयभित्रै जारी गर्ने दावी गरिरहेका ती नेताहरुले हालसम्म राज्य पुनःसंरचना आयोग गठन गर्न तदारुकता देखाइरहेका छैनन् । पछिल्लो समयमा सहमति त बनाए तर त्यसमा गम्भीरतापूर्वक लागेको देखिँदैन ।
विस्तृतमा..
 
<< Start < Prev 1 2 3 4 5 6 Next > End >>

Page 1 of 6

Design by Anish Bhattarai