बिरामी मृत्युको विषयमा छानविन सुरु
विराटनगर /  स्त्री रोग विशेषज्ञले पित्त थैलीको शल्यकि्रया गर्दा बिरामीको मृत्यु भएको विषयमा छानविन गर्न स्वास्थ्य मन्त्रालयबाट शुक्रवार पाँचजना चिकित्सकको टोली विराटनगर आएको छ । तीन दिनअघि विराट नसर्िङ होममा पित्त थैलीमा रहेको पत्थरीको अप्रेशन गर्ने क्रममा झापाको दमक-१३ की बिरामी गीता सिटौलाको शंकास्पद मृत्यु भएपछि पीडित परिवारले स्वास्थ्य मन्त्रालयमा उजुरी दिएको थियो ।
पीडित परिवारको उजुरीपछि मन्त्रालयले डा। हरिहर वस्ती प्रमोदकुमार श्रेष्ठ वाइबी िसंहलगायत पाँचजना चिकित्सकको टोली मृतकको पोष्टमार्टम तथा घटना छानविनको लागि पठाएको हो । छानविन टोलीले प्रतिवेदन बुझाएपछि थप कारवाही अगाडि बड्ने पीडित परिवारले बताएको छ । घटना छानविन तथा पोष्टमाटमका लागि शुक्रबार साँझ नै चिकित्सक टोली धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगिसकेको छ ।
स्त्री रोग विशेषज्ञ डा। ज्ञानेन्द्र कार्कीले सिटौलाको शल्यकि्रया गर्नुभएको थियो । विराट नसर्िङ होममा गलत शल्यकि्रया हुँदा गत वर्ष झापा खुदुबारीकी लक्ष्मी ढुङ्गेलको मृत्यु भएको थियो । चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको स्वीकार गर्दै नसर्िङ होमले ढुङेगेल परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिएको थियो ।
 

Design by Anish Bhattarai