|
किरणले मागे प्रधानमन्त्रीको राजीनामा |
|
काठमाडौं / एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता मोहन वैद्य किरणले प्रधानमन्त्री माधवकुमार नेपाललाई तत्काल राजीनामा दिन चेतावनी दिनुभएको छ । बिहीबार रिपोटस्र क्लवको साक्षात्कारमा उहाँले सरकार टिक्ने कुनै नैतिक आधार नभएको भन्दै सरकार संचालनमा अदृश्य हातहरु रहेको बताउनुभयो । उहाँले अदृष्य हात को हो भन्ने चाँही खुलाउनुभएन ।
आफूहरुले राष्ट्रपतिको कदम पछि उत्पन्न असमझदारी हटाउन सदनमा नागरिक सर्वोच्चताका लागि प्रधानमन्त्री माधवकुमार नेपालको सम्बोधन आउनुपर्ने भन्दा भन्दै बेवास्ता भएको भन्दै कडा कदम चाल्ने बैद्यको चेतावनी छ । उहाँल भन्नुभयो ुनागरिक सर्वोच्चताका पक्षमा गोदावरीमा भएको सम्झौताअनुरुप प्रधानमन्त्रीबाट सम्बोधन नआएसम्म सदन चल्न दिदैनौं ।ु उहाँले आफूहरु जनविद्रोहको बाटोलाई कायमै राखी मेलमिलापको सरकार निर्माणमा लागेको बताउनुभयो । माओवादीका हार्डलाइनर मानिने नेता बैद्यले देशमा राष्ट्रपति शासन ल्याउने षड्यन्त्र भइरहेको आशंका गर्नुभयो । कांग्रेसको एउटा गुट र एमालेको केपी ओली गुट भारतको दलाली गर्दै राष्ट्रपति शासन ल्याउने षड्यन्त्रमा लागेको उहाँको दावी छ । ुमुठभेडको अवस्था बनाएर संकटकाल हुदै राष्ट्रपति शासन ल्याउने षड्यन्त्र भइरहेको छ किरणले भन्नुभयो ुनेपाली कांग्रेसको एउटा गुट र एमालेको केपी ओली गुट भारतको दलाल बनेर षड्यन्त्रमा लागेका छन् ।ु आफूलाई लोकतन्त्रको मसिया भन्नेहरुनै लोकतन्त्रको हत्या गर्न उद्धत रहेको उहाँको आरोप थियो । वर्तमान सरकार विदेशीको कठपुतली भएको टिप्पणी गर्दै उहाँले भारतको पत्रिकालेनै वर्तमान सरकारलाई भारतीय पक्षको भनी व्याख्या गरेको उल्लेख गर्नुभयो । जनताको बलले सरकार ढल्ने भन्दै त्यसपछि आफ्नो दलको सरकार बन्ने बताउनुभयो । सरकारमा माओवादीबाट कस्को नेतृत्व रहन्छ भन्ने पत्रकारहरुको जिज्ञासामा बैद्यले भन्नुभयोुहाम्रो दलमा प्रधानमन्त्री बन्नसक्नेमा प्रचण्ड डा।बाबुराम भट्टराई नारायाकाजी श्रेष्ठ मात्र होइनन् बादल कृष्णबहादुर महरा देव गुरुड। जस्ता नेताहरु पनि छन् ।ु नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा।रामशरण महतले माओवादी संकटकालको अवस्था सृजना गर्न लागिपरेको बताउनुभयो । टुंगो लागिसकेको विषयमा ढिपी नछाडेर मुठभेडको अवस्था ल्याउन खोजेको बताउनुभयो । उहाँले भन्नुभयो ुसरकार सदनको कार्यव्यवस्था समिति र संविधानसभामा प्रतिनिधित्व गर्ने २२ दलले टुंगो लगाइसकेको विषयमा ढिपी गरेर अस्थिरता सृजना गर्न खोजिदैछ ।ु विदेशीलाई गाली गर्ने माओवादी शैलीमा कुनै राजनीतिक इमान्दारिता नभएको महतको भनाई छ । माओवादी अध्यक्ष प्रचण्ड विगतमा पटक पटक भारतीय राजदूतावास छिरेको प्रसंग औल्याउदै उहाँले भन्नुभयो ुआफूले गर्दा ठिक अनि अरुले गर्दा रडाको मच्चाउने माओवादीमा इमान्दारिता रहेन ।ु वर्तमान सरकार ढल्ने कुनै सम्भावना नरहेको बताउदै उहाँले माओवादीले सरकार ढालेर अर्को सरकार बनाउछु भन्नु कल्पना मात्र भएको बताउनुभयो
|