|
उपराष्ट्रपतिले फेरि लिए सपथ |
धरान / पदीयरुपमा निस्क्रिय रहनुभएका उपराष्ट्रपति परमानन्द झाले आइतबार अपराह्न पद तथा गोपनीयताको सपथ दोहोर् याएर लिनुभएको छ । राष्ट्रपति डा। रामवरण यादवले शीतलनिवासस्थित कार्यालयमा झालाई दोहोर् याएर सपथ खुवाउनु भएको हो । झाले दौरा-सुरुवाल लगाएर मैथिली र नेपाली भाषामा शपथ लिनु भएको छ । झाले हिन्दी भाषामा शपथ लिनु भएपछि सर्वोच्च अदालतले उहाँको पदलाई समेत निस्कृय बनाइदिएको थियो ।
संविधानको सातौँ संशोधनमा राष्ट्रपति र उपराष्ट्रपतिले मातृभाषामा पनि शपथ लिनसक्ने प्रावधान थपिएको छ । यसअघि राष्ट्रपति र उपराष्ट्रपतिले नेपाली देवनागरीमा मात्र शपथ लिने अन्तरिम संविधानमा प्रावधान थियो ।
|