अपहरणको आरोपमा माओवादी नेतासहित ११ जना पक्राउ
इटहरी /  संखुवासभाका व्यापारी पासाङ शेर्पाको अपहरणमा संलग्न भएको आरोपमा एकीकृत माओवादीका कोचिला राज्य सचिवालय सदस्यसहित ११ जनालाई इटहरी प्रहरीले मंगलबार विहान पक्राउ गरेको छ । प्रहरीले एकीकृत माओवादी ५ नं। वडा पार्टी कार्यालयबाट बिहान २ बजे कोचिला राज्य सचिवालय सदस्य मोहन ति_िम्सना जिल्ला सदस्य इन्द्र सिलवाल इटहरी नगर इाचार्ज नरेन सुब्बा जिल्ला सदस्य सम्झना सिवा इटहरी नगर उपसचिव उपेन्द्र घिमिरे रमेश दाहाल कृष्ण मगर टंक बस्नेत दीपक राई सुरज सिलवाल र सुमन भनिने व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये शिवा र सुमनलाई प्रहरीले मङ्गलबार राति नै छाडिदिएको छ भने अन्यविरुद्ध सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएको छ । इटहरीस्थित राजस्व कार्यालयले माघ १३ गते ट्रकसहित अवैध मल नियन्त्रणमा लिएपछि आफ्नो सामान छुटाउन यहाँ आएका शेर्पालाई माओवादी कार्यकर्ताले अपहरण गरेको भन्ने उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर सुरेन्द्र सिटौलाले बताउनुभयो । सामान छुटाउन शेर्पासहित काशी कार्की भरत खत्री र कर्मा रिम्चे शेर्पा गरी चारजना यहाँको मकालु होटलमा बसेका थिए । उनीहरुमध्ये शेर्पा र काशी कार्कीलाई माओवादीले नियन्त्रणमा लिएर राति ९ बजे नै पार्टी कार्यालय पुर् याएको थियो ।
माओवादीले भने शेर्पालाई अपहरण गरिएको नभई कारवाहीका लागि नियन्त्रणमा लिइएको जनाएको छ । माओवादीका जिल्ला इाचार्ज मुकेशले तस्करी र कालोबजारीमा संलग्नलाई कारवाहीका लागि प्रहरीलाई सहयोग गर्ने पार्टीको अभियानअन्तर्गत शेर्पालाई नियन्त्रणमा लिइएको बताउनुभयो । ुहाम्रो उद्देश्य बिहान शेर्पालाई प्रहरीमा बुझाउने थियो । तर त्यसअघि प्रहरीले उल्टै ज्यादती गर् यो ।ु मुकेशले भन्नुभयो ।
दुई सय बोरा चामलको बिल बनाएर मल तस्करी गरेको आरोपमा राजस्व कार्यालयले गत १३ गते ट्रकसहित सामान नियन्त्रणमा लिएको थियो । सामानधनी पासाङ शेर्पाले आपुू सामान छुटाउन साढे ३ लाख रुपैयाँ बोकेर आएको थाहा पाएपछि माओवादीले पैसाको लागि अपहरण गरेको आरोप लगाउनुभयो । माओवादीले दुईजनालाई मकालु होटलबाट लगेर पार्टी कार्यालयमा बाँधेर राखेको शेर्पाले बताउनुभयो । माओवादीले आपुूहरुसँग भएका दुईवटा मोटरसाइकल दुई थान मोबाइल तथा साढे ३ लाख रुपैयाँ लुटेकोसमेत उहाँको आरोप छ ।
यता माओवादीका कोचिला राज्य समिति सचिवालय सदस्य ति_िम्सनाले भने शेर्पाको आरोपको खण्डन गर्नुभयो । पार्टी कार्यालयनजिक ट्रकधनी रमेश दाहालको घरमा आएका उनीहरुले राजस्वको कारवाहीबाट बँच्न माओवादीको नाममा झूटो उजुरी दिएको उहाँको भनाइ छ । तर जिल्ला इाचार्ज मुकेशले भने शेर्पालाई नियन्त्रणमा लिइएको स्वीकार गर्नुभयो ।
नगर उपसचिव घिमिरेले प्रहरीहरुले ज्यादती गर्दै पार्टी कार्यालयमा समेत तोडफोड गर्दै लुटपाट मच्चाएको आरोप लगाउनुभयो । कार्यालयका स्टिलको एउटा दराज टिनका दुईवटा बाकस तोडफोड गरिएको छ । तोडफोडबाट २० हजार रुपैयाँभन्दा बढीको क्षति पुगेको माओवादीले जनाएको छ । तर तोडफोड प्रहरीबाट नभएको सिटौलाको दावी छ ।
आफ्नो ट्रक राजस्वले नियन्त्रणमा लिएपछि ट्रकधनी दाहालले सामान बराबरको नगद धरौटी राखेर ट्रक छुटाउन शेर्पालाई दवाब दिँदै आएका थिए । ट्रक छुटाउन धरौटीवापत्को सबै रकम दिन शेर्पाले अस्वीकार गरेपछि माओवादीको सहयोगमा दाहालले शेर्पाको अपहरण गराएको स्रोतको दावी छ । ुलाखौंको ट्रक राजस्वमा पषसेपछि दाहालले ट्रक छुटाउन माओवादीको सहयोग लिएका हुन् ।ु स्रोतले भन्यो ुमाओवादीले अपहरण शैलीमा शेर्पालाई नियन्त्रणमा लिएपछि उनीमाथिको तस्करीको आरोप ओझेलमा पर् यो ।ु
यता शेर्पाले भने आपुूसम्बद्ध एमालेको युथफोस्रलाई प्रयोग गरी ट्रक छुटाउन दवाब दिँदै आएको बताइएको छ । युथफोस्रका पूर्वााचल संयोजक केशव विष्टले भने यसअघि नै आरोपको खण्डन गरिसक्नुभएको छ ।
आफ्ना कार्यकर्ता पक्राउ परेपछि माओवादीले अपहरणको जाहेरी फिर्ता लिन शेर्पालाई दवाब दिएको थियो भने शेर्पाले दोषीलाई कारवाही गराएरै छोड्ने बताउनुभयो । मंगलबार रातिसम्म उनीहरुलाई प्रहरी हिरासतमै राखिएको छ ।
वेपत्ता बनाएको आरोप
प्रहरीले कार्यालयमा गैरकानुनी ढंगले छापा मारी नेता-कार्यकर्तालाई शाहीकालीन शैलीमा तोडफोड गर्दै पक्राउ गरेको भन्दै माओवादीले आपत्ति जनाएको छ । प्रहरीले सौरभ र प्रमोद नामका दुईजना क्षेत्रीय सदस्यहरुलाई प्रहरीले वेपत्ता बनाएको आरोपसमेत माओवादीले लगाएको छ । माओवादीले मंगलबार बेलुका विज्ञप्ति जारी गर्दै तोडफोडमा संलग्न इन्स्पेक्टर सिटौलालाई कारवाही गर्न पक्राउ परेका नेता-कार्यकर्तालाई रिहा गर्न र क्षतिपूर्ति दिनसमेत माग गरेको छ । माग पूरा नगरिए सशक्त आन्दोलन थाल्ने माओवादीले चेतावनी दिएको छ ।
तस्करी र कालोबजारीविरुद्धको पार्टीको अभियानलाई निस्तेज पार्न स्थानीय प्रशासनले तस्करसँग साँठगाँठ गरेको जिल्ला इाचार्ज मुकेशले आरोप लगाउनुभयो ।
यसैबीच शिक्षक विक्रम मण्डललाई अपहरण गरेको अभियोग लागेका इटहरीका विक्रम श्रेष्ठको इटहरी-४ स्थित ससुराली घरबाट प्रहरीले एक थान कटुवा पेस्तोल तथा सात राउण्ड गोली बरामद गरेको छ । आपुनी श्रीमतीसँग अवैध सम्बन्ध राखेको भन्दै पूर्व वाईसीएल इाचार्ज श्रेष्ठले प्रदीप श्रेष्ठ लक्ष्मी वली र सुरेश बजगाईंको सहयोगमा मण्डललाई झुम्कामा अपहरण गरी वेपत्ता पारेका थिए । अपहरणमा परेका मण्डल भने सप्तरीको भागलपुरबाट भाग्न सफल भई प्रहरीको सम्पर्कमा आइसकेको इन्स्पेक्टर सिटौलाले जानकारी दिनुभयो । वाईसीएलले श्रेष्ठलाई पक्राउपछि सोमबार नै पत्रकार सम्मेलन गरी प्रहरीलाई बुझाएको थियो ।
 

Design by Anish Bhattarai