| विवाह भोजमा हेलिकोप्टर चार्टर |
|
पशुपतिनगर / संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसहित तीन मन्त्रीहरु विमान भाडामा लिएर आइतबार इलामको बाँझोस्थित एक विवाहमा सरिक भएका छन् । उनीहरु बाँझो-९ स्थित लारुम्बाका लक्ष्मीनन्द लिङ्देनको विवाहमा सरिक हुन माछापुच्छ्रे एयरको फिष्टेल हेलिकप्टर ुचार्टरु गरेर आएका हुन् । नेम्वाङसहित संस्कृति मन्त्री डा। मिनेन्द्र रिजाल पर्यटनमन्त्री शरदिसंह भण्डारी र शान्तिमन्त्री रकम चेम्जोङ सवार विमान बिहान ११ः२० बजे लारुम्बामा अवतरण भएको थियो । विवाह भोजमा दुई घण्टा बसेर मन्त्रीहरु फर्केका थिए । लारुम्बाबाट १ः१० बजे उडेको हेलिकप्टरले मन्त्रीहरुलाई इलामको माईपोखरीको हवाई निरीक्षण गराएको थियो । उनीहरुले हेलिकप्टरबाटै पाँच मिनेट निरीक्षण गरेका थिए । ुमन्त्रीज्यूहरु माईपोखरीको हवाई निरीक्षण गरेर फर्किनुभएको थियोु लारुम्बामा सुरक्षाको प्रबन्ध मिलाएका मेची अाचल प्रहरी प्रमुख एसएसपी रवि श्रेष्ठले ब्लाष्टसित भन्नुभयो । उहाँका अनुसार विवाह भोजका लागि आएका मन्त्रीहरुको सुरक्षाका लागि ठूलो संख्यामा सशस्त्र र जनपथ प्रहरी दुई दिनअघिदेखि खटाइएको थियो । किरातहरुका गुरु लिङ्देन आत्मानन्द सेइङका जेठा छोरा लक्ष्मीनन्दको शनिबार मोरङको उर्लाबारीकी सेन्दाङ रेनुका सोनम सँग विवाह भएको थियो । प्रीतिभोजका लागि आइतबार सभाध्यक्ष नेम्वाङसहितका मन्त्री सरकारी निकायका प्रमुखलगायत इलामका पत्रकारहरुलाई पनि डाकिएको थियो । विवाह आयोजक समितिका अनुसार १५ दिनअघि नै निमन्त्रणा पठाइए पनि मन्त्रीहरु आउने मिति भने शुक्रबार मात्र तय भएको हो । सुरक्षा स्रोतका अनुसार सभाध्यक्ष र मन्त्रीहरु आउने निश्चित भएपछि सुरक्षाकर्मीलाई शुक्रबार सुरक्षाको प्रबन्ध मिलाउन निर्देशन दिइएको थियो । ुशुक्रबारमात्र सभाध्यक्ष र मन्त्रीहरु आउने निश्चित भएको होु आयोजक समितिका नन्दकुमार नेम्वाङले भन्नुभयो । उहाँका अनुसार विवाह भोजसँगै सभाध्यक्ष नेम्वाङले किरात वेदशालाको उद्घाटन गर्नुभएको थियो । आयोजकले वेदशालाको उद्घाटन र लारुम्बाको धार्मिक पर्यटन विकासका लागि सहयोग पुर् याउन मन्त्रीहरु डाकेको बताए पनि मुख्य उद्देश्य विवाह भोज नै थियो । ुमुख्यतः विवाहका लागि नै हामीले डाकेका हौंु नेम्वाङले भन्नुभयो । पेय पदार्थ र माछा-मासु लारुम्बामा निषेधित भएकोले फलफूल र सामान्य खानेकुराको व्यवस्था गरिएको आयोजकले जनाएको छ । |