दलित आन्दोलनको अर्जुनदृष्टि र समावेसी संविधान

-उमेश विश्वकर्मा

कथित उच्च समुदायले जातीय विभेद र छुवाछुतजस्तो अमानवीय कुप्रथालाई मलजल गरिरहेकै कारण नेपालमा दलित समुदायले पशुभन्दा पनि तल्लो स्तरको नारकीय जीवन व्यतित गरिरहेका छन् । हाम्रो मुलुकमा जातीय भेदभावबाहेक लैगिक भाषिक र भौगोलिक विभेद पनि कायम छ । भाषिक आन्दोलनले सबै खालका असमानताहरुलाई समूल नष्ट नगरेसम्म जनसंख्याको २० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने दलित समुदायले समतामुलक समाजमा सम्मानित जीवनयापन गर्न पाउने कल्पना गर्नु व्यर्थ हुन्छ । जातीय भेदभाव र छुवाछुतजस्ता राक्षसी परम्परा अन्त्य गरी विभेदरहित समाजको स्थापना भएपछि मात्र दलित आन्दोलनले विश्राम लिनेछ ।

विस्तृतमा..
 
नयाँ संविधान बन्ला या नबन्ला ?

-कपिल काफ्ले
आगामी जेठ १४ गते नयाँ संविधान घोषणा हुन्छ कि हुँदैन भन्ने विषयमा आज मुलुकभर विभिन्न अनुमान चलिरहेका छन् जुन स्वाभाविक पनि हो । तर यस सम्बन्धमा एक अस्वाभाविक सन्दर्भ छ-त्यो हो एकीकृत माओवादीको रणनीित । जसले उसको रणनीति बुझेको छ उसले प्रष्ट भन्नसक्छ-उसले सरकार बनाउन पायो भने संविधान जारी हुन्छ अन्यथा हुँदैन । आपुूबाहेक अरु कसैको नेतृत्वमा सरकार बनेको बेला नयाँ संविधान जारी हुनु उसका लागि भयानक बद्नामीको विषय हो जो ऊ कदापि सहन सक्तैन ।
ए-माओवादी नेताहरुले बारम्बार यही कुरा दोहोर् याएका छन् । पहिला अलि कुरा लुकाएर बोल्थे अब प्रष्ट शब्दमा भन्ने गरेका छन्-हाम्रो नेतृत्वमा सरकार नबनेसम्म संविधान बन्दैन । ुबन्दैनु शब्दका ठाउँमा ुबन्न दिँदैनौंु भनेर बुभुनुपर्छ । एमाले र नेपाली कांग्रेसका नेताहरुले यो यथार्थ राम्रोसँग बुझेका पनि छन् तर संविधान निर्धारित समयमा जारी नभएर उनीहरुका पार्टीलाई कुनै नोक्सान छैन नोक्सान केवल मुलुक र ए-माओवादीलाई हुन्छ भन्ने उनीहरुको ठम्याइ छ । उनीहरु ुए-माओवादीले असहयोग गरेका कारण संविधान बनेन हामी त तयार नै थियौंु भनेर दोष अन्यत्र पन्छाउन सकिने उपाय ओंठमा च्यापेर उभिएका छन् ।

विस्तृतमा..
 
रङगको पर्व होली
  •  रामचन्द्र अधिकारी

आपसमा रंग छ्यापाछ्याप गर्ने र मीठा परिकार खाँदै मनाइने पर्व होलीमा रंगको प्रयोग अत्याधिक हुने गरेको छ । चाहे साथीभाइ वा आफन्तका अनुहार रंगाउन होस् या परिकारलाई आकर्षित बनाउन रंगकै प्रयोग गरिएको हुन्छ । तर कहिल्यै ख्याल गर्नु भएको छ कस्ता रंगहरु हानिकारक होलान् रंंगमा के-कस्ता रसायन मिसाइएका होलान् । बजारमा पाइने जुन पायो त्यही रंग प्रयोग गर्दा कुनै बेफाइदा छ कि ध्यान दिनु भएको छ  / व्ाास्तवमा बजारमा खुल्लारुपमा बिक्री हुने गरेका अकार्बनिक रंगहरु स्वास्थ्यका निम्ति धेरै हानिकारक मानिन्छन् । यीमध्ये कतिपयले शरीरमा छुँदैमा असर गर्दछन् भने कतिपय खाइएमा घातक प्रभाव पार्दछन् । उद्योगमा बनाइएका रंगको शुद्धता नाप्ने कुनै उपाय वा प्रविधि सर्वसाधारणसँग हुदैन । त्यसैले जानी-नजानी मानिसहरु रंगको प्रयोगमा शुद्धताको होस पुर् याउन नसक्ने स्थितिमा छन् ।

विस्तृतमा..
 
२००७ सालको आन्दोलनमा विश्वासघात हुँदा……

-अकलबहादुर मेन्याङ्बा

विषय प्रवेशः
बि।सं। २००७ को आन्दोलनमा राजा त्रिभुवन वा शाह वंशको विजय भयो । राणा शासकहरुको १ सय ४ वर्ष लामो निरङ्कुश शासन पद्धति अप्रत्यासितरुपले समाप्त भयो । सो आन्दोलनमा हातमा भरुवा बन्दुक खुकुरी भाला र लठ्ठी लिएका १६ हजार लिम्बूको प्रत्यक्ष सहभागिता थियो । पूरै लिम्बुवान आन्दोलित थियो राणा शासकहरु विरुद्धमा । तर राजा पक्षमा आन्दोलित लिम्बूहरुको खुसियाली धेरै दिनसम्म टिक्न सकेन । उनीहरु कुटिन बाँधिन जरिवाना व्यहोर्न परेको तथ्य आज पनि गाउँघरमा कुरा हुने गर्छ । जेल-नेलमा पर्न थालेपछि उनीहरु निराश तथा उदासिन भएका थिए । कारण द्वन्द्व र सजाय गर्नेहरु अरु कोही नभई उनीहरुकै अगुवाई गर्ने नयाँ सरकार अथवा नेपाली काङ्ग्रेस थियो । उनीहरुले सहनुसिवाय अरु केही गर्न सकेनन् आÏनो बचाउमा । त्यो कस्तो विडम्बना र दर्दनाक स्थिति थियो अहिलेको नयाँ पुस्ताका लिम्बूलाई जानकारी छैन । तर लिम्बुवानमा राणाविरुद्ध गरिएको सङ्घर्षको नेपालको इतिहासमा लिम्बूहरुको सहभागिता भएको कतै पाइन्दैन ।
बि।सं। १८३१

विस्तृतमा..
 
जनवारको पनि भ्यालेनटाइन डॆ

-रामचन्द्र अधिकारी

हरेक वर्ष फेब्रअरी १४ तारिखमा प्रेम दिवस अर्थात् 'भ्यालेन्टाइन डे मनाइन्छ । भ्यालेन्टाइन डे मनाउने चलन आजभन्दा १७४० वर्ष अघिदेखि बसेको हो । रोमका पादरी सेन्ट भ्यालेन्टाइनको हत्याबाट सुरु गरेको हुनाले यो अन्तर्राष्ट्रिय पर्वको नाम भ्यालेन्टाइन डे रहन गएको अभिलेखहरुमा उल्ल्ोख छ । माया वा प्रेम स्वतस्फूर्तरुपमा उत्पत्ति हुने भावनात्मक अनुभूति हो । यो एक दिन मात्र रहने होइन सधैं भइरहने कुरा हो आपसमा सम्बन्ध नबिगि्रउाजेलसम्म । माया भन्ने भाववाचक नाम मृत्युपछि समेत हत्तपत्त मेिटंदैन । माया कसलाई कस्तो गर्ने र अभिव्यक्ति कसरी गर्ने भन्ने चािहंं सम्बन्धमा भर पर्दछ । आमाबाबु र छोराछोरीबीचको माइती र चेलीबीचको गुरु र चेलाको साथीभाइबीचको तथा विवाहको मनसायमा गाँसिएका युवायुवतीबीचको मायाको प्रकृति फरक हुन्छ । स्वभावैले जसमा चेतना छ उसमा भावना छ भन्ने बुझिन्छ । यसको अर्थ चेतनशील जीवहरु सबैमा मायाप्रेम छ । कसैमा गौण छ भने कसैमा प्रष्फुटित छ । मानिस सबैभन्दा चेतनशील प्राणी भएकोले यसले मनमा उब्जिएको मायालाई प्रष्फुटन गर्दछ ।

विस्तृतमा..
 
उदार प्रेम अविस्मरणिय हुन्छ

 Gobinda Timsina

हाम्रो सामाजिक संस्कारले शरीर यौन कामवासना आदिलाई प्रेम मानेको छैन । यथार्थमा स्वामी रामतीर्थको भनाइ सार्थक छ । उनले भनेका छन् प्रेम आत्मीयता हो । सहृदयता हो । विश्वास हो प्रेम एउटा यस्तो शक्ति हो जसले बन्धन होइन मुक्ति दिन्छ ।
प्रेम जीवनको वास्तविक प्रेरणा हो । प्रेमले विश्ववन्धुत्व चाहन्छ । कसैसँग विरोध होइन सबैको ुपि्रयु बन्न चाहन्छ प्रेम । किनकी प्रेम संस्कृतिको ुपि्रु धातुबाट बनेको छ ।प्रेममा धर्म जातपात छुट्टिंदैन यो त प्राणवायुजत्तिकै सशक्त छ । जहाँ पुग्नुपर्ने हो त्यहाँसम्म पुगिछाड्छ । जुठो बयर खाएर सवरीको भक्तिप्रति रामले दर्शाएको प्रेम त्रेतायुगीन प्रेमको अद्वितीय नमूना हो । द्वापरयुगमा कृष्ण-सुदामाको प्रेम पनि अविस्मरणीय छ । सत्ययुगमा पार्वतीको प्रेमप्रति शिव वशीभूत छन् । शंकराचार्य आÏना भक्त चाण्डालको खुट्टा सुमसुम्याउँछन् । कलियुगबाट विवेकानन्द गणिकालाई गुरु मान्छन् ।

विस्तृतमा..
 
<< Start < Prev 1 2 3 4 5 6 Next > End >>

Page 1 of 6

Design by Anish Bhattarai